दफा १२
मुद्दा हेर्ने अधिकारी र मुद्दाको कारवाई
(१) यस ऐन अन्तर्गतको मुद्दाको शुरु कारवाही र किनारा गर्ने अधिकार स्थानीय जिल्ला अदालतलाई हुनेछ ।
(२) मुद्दाको किनारा लगाउँदा जिल्ला अदालतले दफा ३ को उपदफा (२) को खण्ड ख) वा (ङ) को सम्बन्धमा बनेको नियम बमोजिमको कसूर र दफा ४ को उपदफा (१) को आदेश बर्खिलाप गरेको कसूरसित सम्बन्धित वायुयान वा पदार्थ वा दुबै जफत गरी नेपाल सरकार लाग्ने गरी आदेश दिन सक्नेछ ।
(३) दफा ९क. अन्तर्गतको कसूर सम्बन्धी मुद्दाको कारवाही र किनारा गर्दा जिल्ला अदालतले विशेष अदालत ऐन, २०५९ बमोजिमको कार्य प्रणाली अपनाउनेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम जिल्ला अदालतले गरेको निर्णय उपर पैतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन लाग्नेछ ।